Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • प्रचण्ड र माधव नेपाल पुन: निर्वाचन आयोगमा

    प्रचण्ड र माधव नेपाल पुन: निर्वाचन आयोगमा

    अनलाइन नेपाल
  • सोमबार, २७ पुष २०७७
  • 3.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।

    निर्वाचन आयोगले प्रचण्ड–माधव पक्षलाई पठाएको पत्र बारे स्पष्ट पार्न उनीहरु निर्वाचन आयोग पुगेको बताइएको छ ।



    संसद पुनःस्थापनाको विषयमा सर्वोच्च अदलतमा मुद्दा विचाराधिन रहेका छन् तर निर्वाचन आयोग चुनावको तयारी गरिहेको सन्दर्भमा पनि उनीहरुले आयोग समक्ष कुरा राख्ने बताइएको छ ।



    नेकपाको प्रचण्ड–माधव र ओली समूहले पार्टीको आधिकारीकताका लागि निर्वाचन आयोगमा दावी प्रस्तुत गरेका छन् । सो दावीको बारेमा निर्वाचन आयोगले अध्ययन गर्दैछ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार