Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • २४ वर्षीया युवतीलाई श्रीलंकामा बेच्ने अभियुक्त पक्राउ

    २४ वर्षीया युवतीलाई श्रीलंकामा बेच्ने अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २७ पुष २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । गैरकानुनी रुपमा श्रीलंका पुर्‍याई मानव बेचबिखनमा संलग्न रही फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा झापा बुद्वशान्ती गाउँपालिका-२ घर भएका अमृत नेपाल भन्ने ४१ वर्षीय अमृत बहादुर विश्वकर्मा रहेका छन्।



    प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले विश्वकर्मालाई झापाबाट पक्राउ गरेको हो ।



    अमृतले २४ वर्षीया महिलालाई प्रलोभनमा पारी २०७६ फागुन ३ गते कुवेतमा घरायसी काममा लगाई दिने भन्दै काकडभिट्टा, सिलगुडी, भारतको नयाँदिल्ली, मुम्बई, चेन्नई हुँदै गैरकानुनी रुपमा श्रीलंका पुर्‍याएका थिए ।

    श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा गत मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन् । अमृत उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार