Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • प्रधानमन्त्री ओलीले भने-देश प्रतिनिधि सभाको निर्वाचनतर्फ उन्मुख छ

    प्रधानमन्त्री ओलीले भने-देश प्रतिनिधि सभाको निर्वाचनतर्फ उन्मुख छ

    अनलाइन नेपाल
  • आइतबार, २६ पुष २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश प्रतिनिधि सभाको निर्वाचनतर्फ उन्मुख भएको बताएका छन् ।

    राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समय अगावै प्रतिनिधि सभा विघटन भएपछि अब निर्वाचनमा जानुकाे विकल्प नभएकाे बताए ।



    उनले प्रतिनिधि सभाले विना विग्रह काम गर्छ भन्ने सोचे पनि सरकारलाई काम गर्न नदिएर व्यवधान खडा गरेपछि प्रतिनिधिसभा विघटन भएको बताए ।



    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीले प्रतिनिधि सभा विघटन गरेपछि राष्ट्रिय सभामा पनि सांसदले असंवैधानिक कदम भन्दै विरोध जनाइरहेका छन्। प्रधानमन्त्रीको कदमको विरोध भइरहेको समयमा ओलीले सम्बोधन गरेका हुन्।

    प्रधानमन्त्री ओलीको सम्बोधनपछि राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सम्भावना रहेको छ। सरकार हिउँदे अधिवेशन लम्ब्याउने पक्षमा छैन। संसद विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको भन्दै विभिन्न राजनीतिक दलहरु विरोधका कार्यक्रम घोषणा गरी आन्दोलित भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार