Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • देउवाले भने– सडकबाट अदालतलाई दबाब दिन मिल्दैन

    देउवाले भने– सडकबाट अदालतलाई दबाब दिन मिल्दैन

    अनलाइन नेपाल
  • शनिबार, २५ पुष २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सडकबाट अदालतलाई दबाब दिन नमिल्ने बताएका छन् । उनले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले सडकबाट अदालतलाई दबाब दिन नमिल्ने बताएका हुन् ।

    विघटनविरुद्ध देशभर प्रदर्शनका क्रममा काठमाडौंको बुढानिलकण्ठमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले भने,’प्रतिनिधिसभा विघटन असंवैधानिक भए पनि जुलुस निकालेर अदालतलाई यो गर, त्यो गर भन्न मिल्दैन।’



    देउवाले हामीले अदालतको निर्णय पर्खिनु पर्ने बताए। उनले भने,’अदालतको निर्णय कांग्रेसले मान्छ । अदालतले चुनावमा जाने केपी ओलीको कदमलाई सदर गर्‍यो भने कांग्रेस चुनावमा जान्छ,अरु पनि जान्छन् । सर्वोच्च अदालत भन्दा ठूलो अदालत जनता हुन्,जनतामा जाँदा के बिग्रिन्छ ।



    तर ओलीले चुनाव गराउनेमा भने शंका रहेको देउवाको भनाइ छ । ओलीले सुदूरपश्चिमको धनगढी पुृगेर चुनाव गराउँछु भनेकाले अदालतले पनि सोही बमोजिम गरेमा प्रचण्डहरु पनि चुनावमा आउने देउवाले बताए । प्रधानमन्त्री ओली आफैं चुनाव प्रचारमा गइसकेकाले ढिलो चाँडो चुनाव हुने देउवाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार