काठमाडौँ । लामाे पर्खाइपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसन्धानकर्ताहरूलाई चीनमा अनुसन्धानको अनुमति दिनका लागि चीन तयार भएको छ ।
डब्ल्युएचओले कोभिड १९ भाइरसको उत्पत्तिको विषयमा चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको थियो ।
तर, विगतमा भने चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरूलाई प्रवेश गर्न दिए पनि अनुसन्धान गर्न नदिने बताउँदै आएको थियो । तर, शनिबार चीनले ती अनुसन्धानकर्ताहरूलाई चीनमा अनुसन्धानका लागि अनुमति दिइएको बताएको छ ।
चीनको वुहान सहरमा कोभिड भाइरस उत्पत्ति भएको बताइएको छ । त्यस विषयमा विश्व स्वास्थ्य संगठनले अनुसन्धान गर्न चाहेको थियो । तर, चीन सरकारले दिएको थिएन । शनिबार चीनका एकजना वरिष्ठ स्वास्थ्य अधिकारीले यो जानकारी दिएका छन् ।
उनले भनेका छन् कि चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धान अधिकारीहरूलाई यस विषयमा अनुसन्धान गर्न अनुमति दिएको छ र आगामी केही दिनमा उनीहरूको आगमन हुने बताइएको छ ।
Leave a Reply