Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • काँग्रेसद्वारा संसद् विघटनविरुद्ध देशव्यापी प्रदर्शन

    काँग्रेसद्वारा संसद् विघटनविरुद्ध देशव्यापी प्रदर्शन

    अनलाइन नेपाल
  • शनिबार, २५ पुष २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध कार्यक्रम गर्दैछ ।

    विरोध कार्यक्रममा काँग्रेसले प्रतिनिधिसभा विघटनको मुद्दासँगै सरकारका बेथिति, भ्रष्टाचार र जनजीविकाका मुद्दालाई पनि जोडेको छ ।



    सोही मुद्दालाई लिएर आज काँग्रेस ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विरोध कार्यक्रममा छ ।



    ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रपछि माघ ३ गते पालिका र माघ ८ मा वडा तह केन्द्रित विरोध प्रदर्शन गर्ने कार्यक्रम काँग्रेसको छ ।

    यसअघि पुस १३ गते काँग्रेसले यीनै विषयमा १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र केन्द्रित प्रदर्शन गरेको थियो । तर काँग्रेसको विरोध कार्यक्रमको उद्देश्य संसद पुनस्र्थापना भने बस्न सकेको देखिँदैन । सभापति शेरबहादुर देउवालाई प्रतिनिधिसभा पुनःस्थापना हुनेमा विश्वास कम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार