Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • भारतबाट आएका नेपालीलाई सेल्फ क्‍वारेन्टाइनमा राख्‍न गृहको परिपत्र

    भारतबाट आएका नेपालीलाई सेल्फ क्‍वारेन्टाइनमा राख्‍न गृहको परिपत्र

    क्वारेन्टाइन बसे–नबसेको अनुगमन गर्न पनि निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौँ — सरकारले भारतबाट आएका नेपाली नागरिकलाई सेल्फ क्‍वारेन्टाइनमा राख्‍न निर्दशन दिएकाे छ। भारतीय सीमा नाकाबाट भित्रिएका सबै नेपाली नागरिकलाई अनिवार्य सेल्फ क्वारेन्टाइनमा राख्‍ने गरी व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले परिपत्र गरेकाे हाे। त्यस्ता नागरिकको निगरानी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पनि आइतबार निर्देशन दिइएको हो ।

    गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीका अनुसार आइतबार देशभरका प्रमुख जिल्ला अधिकारी,नेपालप्रहरीर सशस्त्र प्रहरीलाई परिपत्र गर्दै कोरोनाको सम्भावित जोखिम न्यूनिकरणका लागि त्यस्तो निर्देशन दिइएको छ।



    गृहको परिपत्रअनुसार सीमाबाट भित्रिएका नागरिकको संक्षिप्त व्यक्तिगत विवरण अभिलेख राख्‍ने, कुन जिल्ला र स्थानीय तह जान लागेको हो त्यसको समेत विवरण तयार पार्ने र त्यसलाई कार्यान्वयन गर्न स्थानीय प्रशासन र सुरक्षा निकायहरुलाई पठाउनेव्यवस्था गर्न निर्देशन दिइएकाेअधिकारीले बताए। सोही विवरणका आधारमा सीमाबाट भित्रिएका नेपाली सेल्फ क्वारेन्टाइन बसे-नबसेको नियमित अनुगमन गर्ने र स्थानीय पालिकाहरुलाई सोही अनुसार अनुगमन गर्न पनि गृहले आइतबार निर्देशन दिएको छ।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ । विश्वभर फैलिएको कोरोना कारण हालसम्म १३ हजार ५ सय भन्दा बढीले ज्यान गुमाइसक्दा विश्वका करिब १८० देशहरुमा फैलिइसकेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार