काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीले ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखेको टिसर्ट लगाउने युवकलाई पक्राउ गरेको छ ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखेको टिसर्ट लगाएर जाने युवालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतीक विष्टका अनुसार धनगढीमा शुक्रबार आयोजित ओली समूहको नेकपाको आमसभामा ‘जस्टिस फर निर्मला’ लेखेको टिसर्ट लगाएर गएका केही युवालाई पक्राउ गरिएको हो ।
केही युवालाई नियन्त्रणमा लिएको भए पनि उनीहरूको नामठेगाना नखुलेको प्रहरीले जनाएको छ ।
Leave a Reply