कास्की । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रतिनिधिसभा तीन महिनाभित्र पुनःस्थापना हुने बताएका छन् ।
कास्कीको पोखरामा प्रचण्ड–नेपाल समूह निकट जनवर्गिय संगठनको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वार्थमा विघटन गरेको संसद् ब्युताउन तीन महिना पनि नलाग्ने बताएका हुन् ।
उनले भने २०१७ सालको विघटित संसद् ब्युताउन ७० बर्ष लागेको, २०६० सालमा विघटन भएको संसद् पुनःस्थापना गर्न ३ वर्ष लागेको उदाहरण दिँदै तीन महिनाभित्रै संसद् पुनःस्थापना हुने बताए।
‘संसद् जुन हालतमा पनि ब्युतिन्छ,’ उनले भने, ‘धेरै होइन तीन महिनाभित्र संसद् पुनर्स्थापना हुनछ । हामी यसै बोलिएको छैन् । केही तथ्य भएर नै बोलेका हौ । सर्वोच्च अदालतको प्रकृया, निर्वाचन आयोगको ध्यानाकर्षणले संसद् पुनःस्थापना हुने देखिएको छ ।’
आधिकारीक पार्टी नेकपा (प्रचण्ड–नेपाल) रहेको बताउँदै उनले चुनाव चिन्ह सूर्य आफ्नै समूहमा हुने बताएका छन् । २०४७ को संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार भएपनि २०७२ को संविधानमा त्यो अधिकार नभएको बताए ।
Leave a Reply