काठमाडौं । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा ‘मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७६ ०७७’ पेश गर्ने भएका छन् ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार भोलि बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले आयोगको वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभा अन्तर्गतका विषयगत समितिहरुमा सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् ।
गत पुस १७ गते शुक्रवारबाट राष्ट्रिय सभाको अधिवेशन शुरु भएको छ ।
Leave a Reply