Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भारतमा कोरोनाको सुनामी आउँदैछ: स्वास्थ्य विशेषज्ञ

    भारतमा कोरोनाको सुनामी आउँदैछ: स्वास्थ्य विशेषज्ञ

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 1.9K
    SHARES

    एजेन्सी । चीनबाट सुरू भइ विश्वभर फैलिएकाे काेराेना भाइरसले भारत निकै प्रभावित हुने बताइएकाे छ। स्वास्थ्य विशेषज्ञहरुले भारतमा कोरोना भाइरसको सुनामी (आँधी) आउने निश्चितजस्तै रहेकाे बताएकाे खबर बीबीसीले लेखेकाे छ। विशेषज्ञहरुले यसविरुद्ध लड्ने तयारी पूरा गर्न सरकारलाई सुझाव समेत दिएका छन्।

    भारतको सेन्टर फर डिजिज डायनामिक्सका निर्देशक डा. रामानन लक्ष्मीनारायणले बीबीसीसँग कुरा गर्दै भनेका छन्, भारत कोरोना भाइरसको सुनामीसँग लड्न तयार भएर बस्नुपर्छ, यसमा कुनै सन्देह छैन कि भारतमा कोरोना संक्रमण अझै द्रुत गतिमा बढ्नेछ।



    डा. रामानननले विश्वका अन्य मुलुकको तुलनामा भारतमा कोरोना संक्रमणको असर कम हुने कुनै संकेत नमिलेको समेत उल्लेख गरेका छन्। उनले भनेका छन्,बाँकी देशको तुलनामा यहाँ केही कम संक्रमण र क्षति देखिएको छ, तर स्पेन र चीनजस्ता मुलुकमा जसरी ठूलो संख्यामा मानिसहरु संक्रमणको चपेटामा आए, यहाँ त्यस्तै हालत बन्ने जोखिम छ, हामीले कोरोनाको सुनामीसँग जुध्न तयार भएर बस्नैपर्छ।



    कोरोना संक्रमणबाट भारतमा अहिलेसम्म पाँचजनाको ज्यान गइसकेको छ भने ३३२ जना संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ थप ८३ जनामा कोरोना संक्रमण भेटिएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार