Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रियंका–नीकको सन्देश: ‘कोरोनाबाट बच्न नमस्ते गराैं’

    प्रियंका–नीकको सन्देश: ‘कोरोनाबाट बच्न नमस्ते गराैं’

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 2.6K
    SHARES

    काठमाडाैँ । बलिउड नायिका प्रियंका चोपडा र उनका पति नीकले कोरोना भाइरसविरूद्द लगातार भिडियो सन्देश मार्फत् जनचेतना फैलाइरहेका छन्। विश्वभर महामारीकाे रूप लिएकाे कोरोना भाइरसका कारण घरमै क्वारेन्टाइनमा बस्दै आएकी प्रियंका र उनका पति नीकले कोरोना भाइरसविरूद्द भिडियो सन्देश मार्फत् जनचेतना फैलाइरहेका हुन्।

    भाइरसको यस चपेटामा बलिउड नायिका प्रियंका चोपडा विगत १० दिनदेखि घरकै क्वारेन्टाइनमा पति नीक सहित बसिरहेकी छिन् । उनीहरुको जोडीले १० दिनदेखि घर बाहिर एक पाइला पनि ननिस्केको जनाइएको छ । उनीहरुले घरबाटै भारतीय र पूरा विश्वका लागि जनचेतनामूलक भिडियोहरु भने पटक पटक सार्वजनिक गर्दै आइरहेका छन् ।



    क्वारेन्टाइनबाट निक–प्रियंकाको सन्देशः मलाई थाहा छ कि यो समय सबैका लागि मुस्किल छ, प्रार्थना गर्दछु कि तपाईं सबै कुशल हुनुहुन्छ, मैले अहिलेसम्म आप्mनो सकारात्मक सन्देश दिइरहेको छु,’ यस कुरालाई अगाडि बढाउँदै प्रियंकाले भनेकी छिन्, ‘हामीले एक अर्काको ध्यान राख्नुपर्छ, प्रार्थना गर्दछु कि तपाई सबै सुरक्षित रहनुहोस् ।’



    यसका साथै उनीहरुले क्वारेन्टाइनमा बस्दा रहँदा निकै खुशीको अनुभव साटिएको फोटोहरु शेयर गरेका छन् । उनले कोरोना संक्रमणबाट बच्नका लागि सबैलाई नमस्ते गर्नका लागि आग्रह गर्दै भिडियो शेयर गरेकी छिन् । चीनबाट सुरु भएको कोरोना भाइरसले अहिले सबैभन्दा बढी इटालीमा आक्रमण गरिरहेको छ । इटालीमा एकैदिन ७ सय ९३ जना मानिसको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक भएपछि दैनिक बढ्दो दरमा रहेको संक्रमणले कस्तो रुप लिने हो अनुमान गर्न गाह्रो भएको छ ।

    भारतले पनि संक्रमितको संख्या घटाउन एवं कोरोनाविरुद्ध लड्नका लागि कफ्र्यु समेत लगाएको छ । विश्वभर फैलिएको कोरोना कारण हालसम्म १३ हजार ५ सय भन्दा बढीले ज्यान गुमाइसक्दा विश्वका करिब १८० देशहरुमा फैलिइसकेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार