Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कोरोनाविरुद्ध सतर्कता अभिवृद्धि गर्न प्रचण्डको अपिल

    कोरोनाविरुद्ध सतर्कता अभिवृद्धि गर्न प्रचण्डको अपिल

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसविरुद्ध सतर्कता अपनाउन अपिल गरेका छन्। विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा उनले अपिल गरेका हुन्।

    अध्यक्ष प्रचण्डले कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन आफ्नो पहल बढाउन सरकारसँग आग्रह गर्दै राष्ट्रिय एकता र उच्च मनोबलका साथ यसको सामना गर्न सबैमा अनुराेध समेत गरेका छन्।



    उनले पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह पनि गरेका छन्



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार