Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काेराेनाकाे महामारी: इटलीमा एकैदिन ७ सय ९३ को मृत्यु

    काेराेनाकाे महामारी: इटलीमा एकैदिन ७ सय ९३ को मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 1.6K
    SHARES

    एजेन्सी । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना (काेभिड–१९) भाइरसका कारण पूरा संसारलाई प्रभावित गरेकाे छ। इटलीमा एकैदिन ७ सय ९३ को मृत्यु भएको छ । यो खतरनाक संक्रमणले संसारभरी अहिलेसम्म १३ हजार बढीको मृत्यु भइसकेको छ ।

    साथै संक्रमितको संख्या ३ लाख नाघिसकेको छ । यद्यपि, चीनमा लगातार पछिल्लो तीन दिनदेखि घरेलु संक्रमणका कारण कोरोनाका एकजना पनि बिरामी भेटिएका छैनन् । कोरोना भाइरसका कारण इटलीमा सबैभन्दा धेरै मृत्यु भइरहेको छ । यहाँ अहिलेसम्म ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ ।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार