Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • सडक संघर्षबाटै प्रतिनिधिसभा पुनर्स्थापना गर्छौँ : उपेन्द्र यादव

    सडक संघर्षबाटै प्रतिनिधिसभा पुनर्स्थापना गर्छौँ : उपेन्द्र यादव

    ओलीले पार्टीभित्रको समस्या समाधान गर्न नसकेर मुलुकलाई आगोमा झोसे

    अनलाइन नेपाल
  • आइतबार, १९ पुष २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सडक–संघर्षबाटै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने दाबी गरेका छन् ।

    जसपानिकट युवा संघको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई आइतबार जनकपुरधाममा सम्बोधन गर्दै यादवले लामो संघर्षबाट प्राप्त उपलब्धिको सुरक्षाका लागि जसपाले कडा आन्दोलन गर्ने चेतावनी दिए । तर पछिल्लाे क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने प्रतिनिधिसभा पुनर्स्थापना नहुने अडान लिइरहेका छन् ।



    प्रधानमन्त्री ओलीको सनक र सत्तास्वार्थले संविधान, संघीयता, समावेशिता, गणतन्त्र संकटमा परेको उनको दाबी छ । उनले भने, ‘हुन त उनीहरूले नरुचाएर पनि मधेस आन्दोलनको बलमा मुलुक संघीय गणतान्त्रिक व्यवस्थामा गयो, त्यसकारण यसलाई जोगाउन र संरक्षण गर्न जसपा पछाडि पर्दैन ।’



    ‘प्रधानमन्त्री ओलीबाट लोकतन्त्रणको हत्या हुँदा आफूलाई लोकतान्त्रिक भन्ने कांग्रेसको इन्जिन अहिले खराब भएको छ भने कम्युनिस्टहरूले त लोकतान्त्रिक बाटो नै बिराएका छन्,’ उनले भने, ‘अहिले लोकतन्त्रणको रक्षा गर्ने जिम्मेवारी वैकल्पिक शक्ति जसपाको काँधमा आएको छ ।’

    पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले सत्तारूढ दल नेकपा अध्यक्ष समेत रहेका ओलीले पार्टीभित्रको समस्या समाधान गर्न नसकेर मुलुकलाई नै आगोमा झोसेको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार