Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • पत्नी सीताको उपचारका लागि प्रचण्ड भाेलि भारत जाँदै

    पत्नी सीताको उपचारका लागि प्रचण्ड भाेलि भारत जाँदै

    अनलाइन नेपाल
  • आइतबार, १९ पुष २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार भारत जाने भएका छन् ।  पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारतको मुम्बई जान लागेका हुन ।

    आइतबार पेरिसडाँडामा बसेको नेकपा (प्रचण्ड–नेपाल) समूहको स्थायी कमिटी बैठकमा प्रचण्डले पत्नी सीताको उपचारका निम्ति आफू मुम्बई जान लागेको जानकारी गराएका थिए ।



    मुम्बई जाने भएपछि आफू भोलिको बैठकमा उपस्थित हुन नसक्ने प्रचण्डले बताएको  स्थायी कमिटीका एक सदस्यले बताए ।



    प्रचण्ड पत्नी सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् ।

    स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो ।

    प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको भोलिपल्ट प्रचण्ड–नेपाल समूहको आइतबार स्थायी कमिटी बैठक बसेको थियो ।

    प्रचण्ड भारत गएपनि आन्दोलन भने नरोकिने वताइएको छ।

    यता, प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठकले पार्टी एकताका बाँकी काम गर्न र प्रदेश तथा जिल्लाका पदाधिकारीका विषयमा गृहकार्यका निम्ति माधव नेपालको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

    पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

    स्थायी समिति बैठकअघि प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक बसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार