Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • संसद विघटन : प्रधानमन्त्री र राष्ट्रपति कार्यालयले सर्वोच्चमा लिखित जवाफ पेस गर्दै

    संसद विघटन : प्रधानमन्त्री र राष्ट्रपति कार्यालयले सर्वोच्चमा लिखित जवाफ पेस गर्दै

    अनलाइन नेपाल
  • आइतबार, १९ पुष २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । राष्ट्रपति कार्यालयले प्रतिनिधिसभा विघटनबिरूद्ध परेका रिटमाथि सर्वोच्च अदालतले मागेको लिखित जवाफ आज पेस गर्दैछ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार संवैधानिक कानुनी परामर्श सबै सकिएपछि आज जवाफ पेस गर्न लागिएकाे हाे ।

    संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न पुस १९ गतेसम्मको समय दिएको थियो। सरकारले पनि महान्याधिवक्ता कार्यालयमार्फत् आजै दिउँसो सर्वोच्चमा लिखित जवाफ पेस गर्ने तयारी गरेको छ ।



    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन् । लगतै संसद विघटन हुन नसक्ने जिकिर गर्दै एक दर्जन रिट दायर भएका थिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार