Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • तथ्यांक विभाग भन्छ – वैशाखमा चुनाव भए राष्ट्रिय जनगणना प्रभावित हुन सक्छ

    तथ्यांक विभाग भन्छ – वैशाखमा चुनाव भए राष्ट्रिय जनगणना प्रभावित हुन सक्छ

    अनलाइन नेपाल
  • बिहिबार, १६ पुष २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । केन्द्रीय तथ्यांक विभागले आगामी वैशाखमा निर्वाचन भएमा राष्ट्रिय जनगणना कार्य प्रभावित हुने जनाएको छ ।

    विभागले तय गरेकाे तालिकाअनुसार आगामी २०७८ जेठ २५ गतेबाट असार ८ गते सम्पन्न हुने जनगणनाको तयारी तीव्र पारेको छ ।



    उसले जनगणनामा सोधिने तीन प्रकारका प्रश्नावली, तालिम तथा प्रशिक्षणका निम्ति नमुना प्रश्नावली, हरेक घरपरिवारका उत्तरदातालाई महानिर्देशकको अनुरोधपत्र, जनचेतनमूलक सामग्री, गणना पुस्तिका, निर्देशिका जस्ता सामग्री छपाइ गरी भण्डारण गरेको छ ।



    ती सामग्रीलाई ललितपुरको कुपण्डोलमा घर भाडामा लिएर ‘राष्ट्रिय जनगणना २०७८, भण्डारण कक्ष’ खडा गरी राखिएका छन् । त्यसैगरी जनगणनामा खटाइने सुपरिवेक्षक, गणक र कर्मचारीलाई प्रयोग गर्न दिइने झोला, छाता, क्यापटोपी, टर्च, मार्कर, डटपेन लगायत सामग्री तयार छन् ।

    प्रश्नावलीलगायत ती प्रत्येक सामग्री करिब ५३/५३ हजार थानका दरले छपाइएका छन् । त्यसैगरी काठमाडौं उपत्यकाका ७ वटा महानगर तथा नगरपालिकामा ट्याबलेट प्रविधिबाट जनगणनाका विवरण संकलन गरिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार