Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • ओली र प्रचण्डकाे अकर्मण्यताले मुलुक अनिर्णयको बन्दी भयाे : नेता थापा

    ओली र प्रचण्डकाे अकर्मण्यताले मुलुक अनिर्णयको बन्दी भयाे : नेता थापा

    अनलाइन नेपाल
  • बिहिबार, १६ पुष २०७७
  • 2.7K
    SHARES

    धनकुटा । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले कांग्रेस चुनावबाट नभाग्ने बताएका छन् ।

    प्रेस युनियन धनकुटाले बिहीबार आयोजना गरेको पत्रकार भेलामा थापाले लोकतान्त्रिक शक्ति चुनावबाट पछि नभाग्ने भन्दै सर्वोच्च अदालतले चुनावमा जानू भन्ने निर्णय गरेमा त्यसलाई कांग्रेसले सहर्ष स्वीकार गर्ने बताए ।



    पुस १९ गते आयोजना हुने पार्टीको केन्द्रीय समितिको बैठकले यसबारे थप रणनीति बनाउने उनले जनाए ।



    यसैगरी, सहमहामन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै पक्षको अकर्मण्यताका कारण मुलुक अनिर्णयको बन्दी भएको उल्लेख गरे । ‘भ्रष्टाचार, हत्या, बलात्कारजस्ता जघन्य घटनामा दुवै पक्ष दोषी छन्,’ उनले भने, ‘यसबाट उन्मुक्ति दिने ठाउँ छैन ।’

    यस्तै, प्रधानमन्त्री ओलीले हठातमा आएर प्रतिनिधिसभा विघटन गर्ने निर्णयबाट संविधानमाथि कुठाराघात गरिएको उनको तर्क थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार