Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सैनिक हेलिकोप्टरबाट विषादी छर्ने अफवाह मात्र हाे: सेना

    सैनिक हेलिकोप्टरबाट विषादी छर्ने अफवाह मात्र हाे: सेना

    अनलाइन नेपाल
  • शनिबार, ८ चैत्र २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेरोना भाइरस (कोभिड–१९)ले महामारीको रुप लिएको छ । विश्व स्वास्थ्य संगठनको चेतावनी र विश्वव्यापी रुपमा यसको बढ्दो संक्रमणका बीच सरकारले वचावटका लागि पहल पनि थालेको छ । तर, केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने कोरोना भाइरसबारे अनेक भ्रमहरु छर्न थालेका छन् ।

    पछिल्लो समय नर्भिक अस्पतालमा कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको र नेपालमा धेरै जना कोरोना संक्रमित भएको भन्दै सामाजिक सञ्जाल फेसबूकमार्फत एउटा अडियो भाइरल भयो । प्रहरीको केन्द्रीय साईबर ब्यूरोले कोरोना भाइरसबारे फेसबूकमा भ्रम सिर्जना गर्ने १ युवकलाई पक्राउ पनि गरिसकेको छ । पक्राउ पर्नेमा रामेछाप घर भइ भक्तपुर बस्दै आएका २० वर्षीय विवेक थापामगर छन् ।



    त्यस्तै केही दिन अगाडि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना रोगका कारण १७ जनाको मृत्यु भएको भन्दै टिकटकमा एउटा भिडियो भाइरल गरिएको थियो । कोरोना भाइरसबारे भ्रम छर्नेविरुद्ध प्रहरीले अनुसन्धान जारी राख्दा पनि पछिल्लो समय फेरि अर्को अफवाह भाइरल भइरहेको छ । सरकारले विशेष सैनिक हेलिकोप्टरमार्फत राति १२ बजेपछि कोरोना भाइरसको विषादी छर्ने भन्दै फेसबूक लगायतका सामाजिक सञ्जालमा अहिले अर्को अडियो र पोस्ट भाइरल हुन थालेको छ । नेपाली सेनाले भने हेलिकोप्टरमार्फत कोरोनाविरुद्धको औषधि छर्ने कुरा हल्ला मात्रै भएको बताएको छ ।



    सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले हेलिकोप्टरमार्फत कोरोनाको विषादी छर्ने विषय अफवाह मात्रै भएको बताए । ‘सेनाले कुनै त्यस्तो तयारी गरेको छैन । सरकारले पनि त्यस्तो कुनै योजना बनाएको बुझिएको छैन,’ सैनिक प्रवक्ता पाण्डे भन्छन्, ‘यो सबै अफवाह ९हल्ला० मात्रै हो । यस्तो हल्ला फैलाउनेलाई कानूनी दायरामा ल्याउनु पर्छ ।’

    नेपालमा हालसम्म कुनै पनि संक्रमित फेला नपरे पनि विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको देश भनेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार