वीरेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय, सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ।
प्रहरीले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोलानजिक बस्ने कौशिला सिंह र उनकी बुहारी शान्ति सिंहलाई पक्राउ गरेको हो। उनीहरुबाट १४ ग्राम ९७० मिलिग्राम लागुऔषध बरादम गरिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए।
विशेष सूचनाका आधारमा बुहारी शान्तिको कोठामा खानतलास गर्दा पाँच ग्राम १७० मिलिग्राम लागुऔषध भेटिएको उनले बताए। त्यसपछि कौशिलाको कोठामा समेत खानतलासी गर्दा नौ ग्राम ८०० मिलिग्राम लागुऔषध भेटिएको हो।
त्यस्तै, शान्तिसँग भएको २१ हजार ५०० रुपैयाँ पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सासू–बुहारीलाई लागुऔषध खरिद, ओसारपसार, सञ्चय तथा बिक्री वितरण गरेको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (रासस)
Leave a Reply