Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बैंकिङ कसुर मुद्दाका फरार आरोपी कन्स्ट्रक्सनका संचालक पक्राउ 

    बैंकिङ कसुर मुद्दाका फरार आरोपी कन्स्ट्रक्सनका संचालक पक्राउ 

    अनलाइन नेपाल
  • मंगलबार, १४ पुष २०७७
  • 3.2K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर मुद्दाका फरार आरोपीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ९ स्थित जय बाबा गोरखा कन्स्ट्रक्सन प्रालिका संचालक श्यामकुमार श्रेष्ठ रहेका छन् । महाशाखाद्वारा खटिएकाे प्रहरी टाेलीले उनलाई मंगलबार दिउँसो सीतापाइलाबाट पक्राउ गरेको हो ।



    उनलाई काठमाडौं महानगर ९ पुरानो बानेश्वरमा सञ्चालित समानान्तर निर्माण सेवा प्रालिका संचालक निरोजकुमार थपलियाले बैंकिङ कसुर सम्बन्धी दिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।



    महाशाखाका अनुसार श्रेष्ठ नागार्जुन नगरपालिकास्थित सितापाइला सडक खण्डमा असफाल्ट पेभिङ वर्क गरेबापतको रकम दिनु पर्नेमा ग्लोबल आईएमई बैंक कान्तिपथ शाखाको एक करोड ३६ लाख १० हजार २६८ बराबरको चेक दिई बैंकिङ कसुर मुद्दामा भागेका थिए। श्रेष्ठलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार