Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • वैशाखमा चुनाव पनि नहुने र केपी ओली प्रधानमन्त्री पनि नरहने प्रचण्डको दावी

    वैशाखमा चुनाव पनि नहुने र केपी ओली प्रधानमन्त्री पनि नरहने प्रचण्डको दावी

    अनलाइन नेपाल
  • मंगलबार, १४ पुष २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैशाखमा चुनाव पनि नहुने र त्यसपछि केपी शर्मा ओली प्रधानमन्त्री पनि नरहने दाबी गरेका छन् ।

    संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने–‘हुनेबाला चुनाव घोषणा भएकै होइन । चुनाव हुन्छ भन्नेमा स्वयंम केपी शर्मा ओलीलाई भरोसा छैन । चुनाव त हुँदैन, जबरजस्ती लैजाने भन्ने छ उहाँहरुको योजना छ ।’



    ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको दावी गर्दै उनले भ्रममा नपर्न आग्रह समेत गरेका छन् । उनले भने–‘छँदोखाँदोको बहुमत छोडेर दुर्घटना गराउनेले चुनाव गराउँछन् ?’



    ‘मलाई लाग्छ, केपी ओली गोटी भएका हुन् । वैशाखपछि उनी प्रधानमन्त्री पनि रहँदैनन्, नेपालको राजनीतिक इतिहासबाट तिनको पत्तासाथ हुनेबाला छ । अनि उनीले नै श्री ३ महाराजधिराज हुन्छु भनेर हुन्छ ।’ प्रचण्डले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार