Online Nepal
  • बुधबार, २ माघ २०८१
  • चिनियाँ विशेष टोली र देउवाबीच भेटवार्ता

    चिनियाँ विशेष टोली र देउवाबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १४ पुष २०७७
  • 2.2K
    SHARES

    काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आएको चार सदस्यीय विशेष टोलीले मंगलबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ ।

    चिनियाँ टोली कांग्रेस सभापति देउवालाई भेट्न बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेको थियो । छलफलमा देउवाका तर्फबाट नेता नारायण खड्का र देउवाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराई साहभागी थिए।



    उक्त भेटका क्रममा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौले कांग्रेस चीनको असल मित्र रहेको बताएको देउवाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए ।



    कुओले नेपालका सबै राजनीतिक दलसँग चीनले असल सम्बन्ध रहेको पनि उल्लेख गरेका थिए । उनले बीपी कोइरालाको सरकारदेखि नै कांग्रेससँग चीनको असल सम्बन्ध रहेको र त्यो अहिले पनि उस्तै रहेको बताएका थिए ।

    आइतबार र सोमबार नेकपाका दुवै पक्ष (ओली समूह र दाहाल–नेपाल समूह) लाई भेटेर दुवै समूहलाई फाइदा हुने गरी मिलेर अगाडि बढ्न सुझाव दिएको थियाे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार