Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • काेराेना संक्रमित बिरामीकाे मृत्यु हल्ला मात्रै हाे: नर्भिक अस्पताल

    काेराेना संक्रमित बिरामीकाे मृत्यु हल्ला मात्रै हाे: नर्भिक अस्पताल

    अनलाइन नेपाल
  • शनिबार, ८ चैत्र २०७६
  • 2.8K
    SHARES

    काठमाडाैं- थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा काेराेना भाइरसबाट संक्रमित बिरामीकाे मृत्यु भएकाे निराधार हल्ला मात्र चलाइएकाे अस्पतालले जनाएकाे छ।
    अस्पतालका अध्यक्ष बसन्त चौधरीले सामाजिक सञ्जालमा हल्ला भएजस्ताे अस्पतालमा कुनै काेराेना भाइरस संक्रमितकाे मृत्यु नभएकाे बताए।

    उनले ट्विटमार्फत् नियतबस गराइएको हल्ला भएकाले यस विषयमा साइबर क्राइम ब्यूरोमा जानकारी गराइएको उल्लेख गरेका छन्। सरकारले कोरोनाको परीक्षण हुने अस्पतालको सूचीमा नर्भिक पर्दैन। अस्पतालमा उपचार गराइरहेका ९ जनामध्ये ६ जनालाई काेराेना लागेकाे र एक जनाकाे मृत्यु भएकाे भन्ने सामाजिक सञ्जालमा फैलिएकाे सूचना हल्ला मात्र रहेको बताउँदै चौधरीले हल्लाकाे पछि नलाग्न आग्रह गरे।



    भाइरसकाे परीक्षण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र हुन्छ। नेपालमा हालसम्म भएको परिक्षणमा एक जनामा मात्र कोरोना संक्रमण देखिएकोमा उनी उपचारपछि निको भइसकेका छन्। पछिल्लो समय भएका परीक्षणमा संक्रमण देखिएको छैन।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार