Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • चिनियाँ टोलीले बाबुरामलाई पनि भेट्यो

    चिनियाँ टोलीले बाबुरामलाई पनि भेट्यो

    अनलाइन नेपाल
  • सोमबार, १३ पुष २०७७
  • 2.3K
    SHARES

    काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोको टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ।

    भट्टराईनिवास टोखामा साँझ भएको भेटमा उपमन्त्री गुओले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुसी लागेको बताएका थिए ।



    उपमन्त्री गुओले आफूहरू २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्ष पुग्ने सन्दर्भमा नेपाल आएको बताए ।

    चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख पार्टीहरूबीच आपसी सम्बन्ध र नेपाल–चीन सम्बन्ध अझ राम्रो र सुमधुर बनाउन आफूहरू नेपाल आएको पनि उनले बताएको भट्टराईको सचिवालयले बताएको छ ।

    हल्ला भएको जस्तो नेपालको आन्तरिक मामिलाको विषयमा बहस छलफल गर्न नेपाल नआएको पनि उनले स्पष्ट पारेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार