Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • मोदीद्वारा नेपालकाे प्रशंसा: अब काेराेनाविरुद्ध सामूहिक लडाइ लड्न सजिलाे हुन्छ

    मोदीद्वारा नेपालकाे प्रशंसा: अब काेराेनाविरुद्ध सामूहिक लडाइ लड्न सजिलाे हुन्छ

    अनलाइन नेपाल
  • शनिबार, ८ चैत्र २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरस (कोभिड १९) सार्क आपतकालीन कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने नेपाल सरकारको निर्णयको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । भारतीय प्रधानमन्त्री माेदीले समाजिक संजाल ट्वीटर मार्फत नेपालकाे प्रशंसा गरेका हुन्। नेपाल सरकारकाे यो निर्णयका लागि मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

    मोदीले उक्त निर्णयकाे स्वागत गर्दै भनेका छन्, ‘ओलीजीको यो प्रतिबद्धताले कोरोनाको महामारीविरुद्ध सामूहिक लडाइँ लड्ने सार्क देशहरुको समर्थनलाई दर्शाउँछ ।’ शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कोषमा नेपालले १० करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेका थिए।



    यही चैत २ गते सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुबीच सामूहिक भिडियो वार्ता हुँदा भारतीय प्रधानमन्त्री मोदीले आपतकालीन कोष घोषणा गर्दै भारतले एक करोड अमेरिकी डलर जम्मा गरेको जानकारी दिएका थिए ।यो कोषमा सार्क सदस्य देशहरुले स्वेच्छाले रकम जम्मा गर्न र कोरोना विरुद्धको लडाइँमा खर्च गर्न पाउँछन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार