Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • यातायात बन्द : लामोदुरी र छोटा दुरी भन्नाले कसरी बुझ्ने ?

    यातायात बन्द : लामोदुरी र छोटा दुरी भन्नाले कसरी बुझ्ने ?

    अनलाइन नेपाल
  • शनिबार, ८ चैत्र २०७६
  • 3.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० गतेदेखि लागू हुने गरि लामो दुरीका यातायातहरु बन्द गर्नका लागि अनुरोध गरेसँगै अन्योल बढेको छ ।
    जनमानसमा लामोदुरी र छोटा दुरी भन्नाले कति दूरी भन्ने कुरामा अन्यौलता रहेको छ । तर यातायात व्यवस्था विभागले २२५ किलोमिटरसम्म छोटो दूरी, २५० किलोमिटरसम्मको मध्यम र २५० भन्दा माथिलाई लामो दूरी गरी विभाजन गरेको छ ।

    प्रधानमन्त्री ओलीद्वारा शुक्रबार साँझ देशबासीका नाममा दिएको सम्बोधनमा लामोदुरीका सवारी साधन बन्द गर्नका लागि निर्देशन दिएका हुन् ।



    त्यसअघि सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । त्यस्तै चैत ९ देखि १८ गतेसम्म सबै हवाई उडान स्थगित समेत गरेको छ ।



    त्यस्तै चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने निर्णय भएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार