Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • काठमाडौं आइपुग्यो चिनियाँ टोली, सुरक्षाकर्मी नलिइकन टाेली बाहिरियाे विमानस्थलबाट

    काठमाडौं आइपुग्यो चिनियाँ टोली, सुरक्षाकर्मी नलिइकन टाेली बाहिरियाे विमानस्थलबाट

    अनलाइन नेपाल
  • आइतबार, १२ पुष २०७७
  • 2.9K
    SHARES

    काटमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे बुझ्न उत्तरी छिमेकी चीनका उच्च अधिकारीको टोली काठमाडौं आइपुगेको छ ।

    चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौं आएको हो ।



    एयर चाइनाको फ्लाईटमार्फत नेपाल आएका गुओ योझाउको टोली विमास्थलबाट नेपाली सुरक्षाकर्मी नलिइकन निस्केका छन् । उपमन्त्रीको टोलीले आफ्नै तरिकाले भेटघाट गर्ने भन्दै सुरक्षा नलिएको गृहमन्त्रालयका एक उच्च अधिकारीले बताए ।



    ‘सुरक्षाबारे दूतावासमा चासो राख्दा अहिले आवश्यक नपर्ने बताउनुभएको छ’ गृहमन्त्रालयका ती अधिकृतले भने–‘भ्रमण तालिका पनि सार्वजनिक गर्नुभएको छैन ।’ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेको बेला भएको चिनियाँ टोलीको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

    चिनियाँ प्रतिनिधिमण्डल नेपालमा चार दिन रहनेछ र नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतसँग भेटवार्ता गर्ने छ ।

    नेता यचौ ०७४ फागुनमा पनि नेपाल आएका थिए । यचौको भ्रमण भएको तीन महिनापछि तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो ।

    यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेटेकी थिइन् । भेटहरुमा उनले पार्टीको विवाद र राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ भन्ने बढी चासो राखेकी थिइन् ।

    तर चीनले चीनले संसद विघटन र नेकपामा आएको फुटबारे औपचारिक प्रतिक्रिया भने दिएको छैन । चिनियाँ सरकारी सञ्चारमाध्यममा प्रकाशित सामाग्रीहरुले भने पछिल्लो घटनाक्रमप्रति चीन खुसी छैन भन्ने स्पष्ट सन्देश दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार