Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • पेस्तोल र बमसहित बिप्लब समुहका २ जना पक्राउ

    पेस्तोल र बमसहित बिप्लब समुहका २ जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ८ चैत्र २०७६
  • 1.7K
    SHARES

    फाइल फोटो

    रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहटले प्रतिबन्धित नेत्रविक्रम चन्द समूका रौतहट जिल्ला इन्जार्चसहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र रौतहटबाट खटिएको टोलीले पेस्तोल, ग्रिनेड बम र अन्य दस्तावेजसहित दुई जनालाई पक्राउ गरेको हो ।

    संयुक्त प्रहरी टोलीले चन्द्रपुर–३, महादेवडाडा अल्लाजोरबाट चन्द्रपुर–५ थलहीटोल घर भएका चन्द समूहका रौतहट जिल्ला इन्चार्ज मानबहादु राई (कुमार) र बागलुङ ढोरपाटन नगरपालिका–२ बुर्तिवाङ का कमल गुरुङ (जगत) लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार