एजेन्सी। साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले शुक्रबार कोरोना खोप लगाएका छन् ।
साउदी अरबको स्वास्थ्य मन्त्रालयले सलमानले कोरोना खोप लगाएको तस्वीर र भिडियो जारी गरेको छ। खाडी मुलुकमा कोरोना खोप कार्यक्रम गत मंगलबारबाट सुरु गरिएको छ।
साउदी अरबका स्वास्थ्यमन्त्री तौफिक अल रबियाले यस पहलका लागि राजकुमार मोहम्मद बिन सलमानलाई धन्यवाद दिएका छन् ।
स्वास्थ्यमन्त्रीले भने, सलमानले खोप कार्यक्रमप्रति एकदम चासो राखेका थिए र यससम्बन्धी मन्त्रालयबाट निरन्तर जानकारी लिईरहेको छ ताकि साउदीका नागरिकहरूलाई उत्तम कोरोना खोप दिन सकिन्छ।’
स्वास्थ्य मन्त्रालयले जारी गरेको भिडियोमा राजकुमार सलमान मुस्कुराउँदै कोरोना खोप लगाएको देखिन्छ।
कोरोना खोप लगाउनका लागि ३ दिनमा ५ लाख लाख मानिसहरूले साउदीमा दर्ता गरेका छन्।
यसैबीच साउदीमा शुक्रबार कोरोनाबाट ९ जनाको मृत्यु भयो र १७८ नयाँ केसहरु आएका छन् । यससँग साउदीमा ६११८ मानिसको कोरोनाबाट मृत्यु भएको छ ।
#عاجل
سمو #ولي_العهد يتلقى الجرعة الأولى من لقاح كورونا (كوفيد – 19).https://t.co/hT8Meby1UV#واس pic.twitter.com/tPpkV01DbI— واس الأخبار الملكية (@spagov) December 25, 2020
Leave a Reply