काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै पद तथा गोपनियताको सपथसमेत लिएका छन्।
पुर्नगठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा मन्त्री, मणि थापा खानेपानी मन्त्री, प्रभु साह शहरी विकास मन्त्री र प्रेम आले वनमन्त्री भएका छन्।
त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् भने दावा लामा युवा तथा खेलकुदमन्त्री भएका छन्। त्यस्तै, जुली कुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने बिमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन्।
पुनर्गठनपछि युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन्।
यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् ।
यस्तै यसअघिका महिला बालबालिका मन्त्री रहेका लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् ।
भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् ।
प्रतिनिधि सभा विघटनपछि प्रचण्ड–माधवकुमार नेपाल पक्षका सात नेताले मन्त्रीबाट राजीनामा दिएपछि सात मन्त्रालय रिक्त थिए ।
Leave a Reply