काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले संसद विघटनको विषयमा जनमतको ख्याल गर्न सर्वोच्च अदालतलाई आग्रह गरेका छन् ।
प्रचण्ड–नेपाल समूहका नेताहरुको अगुवाईमा माइतीघरदेखि निर्वाचन आयोगसम्म भएको प्रदर्शनका क्रममा भट्टराईले प्रतिनिधिसभा विघटनको विषयमा निर्णय लिँदा संविधान र कानुनको साथसाथै जनमतको ख्याल गर्न सर्वोच्च अदालतलाई आग्रह गरेका हुन् ।
संसद पुनर्स्थापना घोषणा नहुँदासम्म र वालुवाटारमा आफूहरुले चुनेको प्रधानमन्त्री नबस्दासम्म सडक नाछाड्ने बताउँदै उनले अब छिट्टै आफूहरुको समूहबाट प्रधानमन्त्री चयन हुने बताए ।
भट्टराईले संसदको बैठक आह्वान गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह पनि गरेका छन् । उनले दुई तिहाई सांसद संसद विघटनको विपक्षमा रहेको भन्दै जनमतलाई हेरेर सदन बोलाउने निर्णय लिन सभामुखलाई सुझाव दिएका हुन् ।
Leave a Reply