Online Nepal
  • बुधबार, १० पुष २०८१
  • जनतामा जान्छु भन्दा पनि तिमी नै सरकार चलाऊ भन्‍ने हो ?

    जनतामा जान्छु भन्दा पनि तिमी नै सरकार चलाऊ भन्‍ने हो ?

    अनलाइन नेपाल
  • शुक्रबार, १० पुष २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले जनताबाट निर्वाचित भएको राजनीतिक दलले सरकार नचलाएर फेरि जनतामा जान्छु भन्दा पनि ‘तिमी सरकार नै चलाऊ भन्ने हो ?’ भनेर प्रश्न गरेका छन् ।

    संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनबारे बहसका क्रममा निवेदकका तर्फबाट कानुन व्यवसायी रुद्र शर्माले नेकपाले बहुमत प्राप्त गरेकाले संविधानअनुसार यसरी संसद् विघटन गर्न नमिल्ने धारणा राखेपछि जबराले उक्त प्रश्न सोधेका हुन् ।



    उनको प्रश्‍न थियो, ‘जनताबाट निर्वाचित भएको राजनीतिक दलले सरकार नचलाएर फेरि जनतामा जान्छु भन्दा पनि ‘तिमी सरकार नै चलाऊ भन्ने हो ?’



    निवेदकका तर्फबाट कानुन व्यवसायी रुद्र शर्माले नेकपाले बहुमत प्राप्त गरेकाले संविधानअनुसार यसरी संसद् विघटन गर्न नमिल्ने जिकिर गरेका थिए। ‘निर्वाचन भएर संविधानको धारा ७६ उपधारा १ अनुसार बहुमत प्राप्त गरेर सरकार गठन भयो । अब म सरकार चलाउँदिनँ, म जनतामा जान्छु भन्यो भने अनिवार्य तिमीले नै सरकार चलाऊ भन्ने हो ?,’ प्रधानन्यायाधीश जबराको प्रश्न थियो ।

    संसद विघटनविरुद्ध परेका १२ वटा रिटउपर संवैधानिक इजालसमा शुक्रबार प्रारम्भिक सुनुवाइ भएपछि सर्वोच्च अदालतले सरकारसँग कारणदेखाउ आदेश जारी गरेको छ। रिट निवेदकको मागबमोजिम विघटनको निर्णय रोक्‍न अन्तिरिम आदेश शुक्रबार जारी भएन। यसमा बहस र प्रकिया लम्बिने भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार