Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प

    फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प

    अनलाइन नेपाल
  • शुक्रबार, १० पुष २०७७
  • 2K
    SHARES

    एजेन्सी । फिलिपिन्समा शुक्रबार बिहान ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

    भूकम्पबाट फिलिपिन्सको राजधानी मनिलाका भवनहरु निकै हल्लिएका र क्रिसमसका लागि भेला भएका मानिसहरु आत्तिएर सडकमा पुगेका थिए । तर भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।



    अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समय अनुसार बिहान ७.४३ बजे आएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट ११४ किलोमिटर गहिराईमा रहेको थियो । भूकम्प बान्तागास प्रान्तमा केन्द्रित थियो ।



    फिलिपिन्स र आसपासका मुलुकहरु भूकम्पीय दृष्टिबाट निकै जोखिमपूर्ण मानिन्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार