Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • ओली पक्षले निर्वाचन आयोगमा दर्ता गरायाे पार्टीकाे संशोधित विधान

    ओली पक्षले निर्वाचन आयोगमा दर्ता गरायाे पार्टीकाे संशोधित विधान

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीको विधान संशोधन गरेर निर्वाचन आयोगमा दर्ता गराएको छ ।

    बिहीबार आयोगमा दर्ता गराइएको संशोधनमा पार्टीका आधिकारिक दस्तावेज र पत्रहरुमा प्रथम अध्यक्षको मात्रै हस्ताक्षर ‘चल्ने’ बनाइएको  स्राेतले बतायाे । यसअघि नेकपाका दुवै अध्यक्षको हस्ताक्षर चल्ने व्यवस्था थियो ।



    स्राेतका अनुसार संशोधित विधानबाट दुई अध्यक्ष रहने प्रावधान भने हटाइएको छैन । त्यस्तै केन्द्रीय समितिको संख्या पनि ओली पक्षले निर्णय गरेर पुर्‍याएको १११९ लाई कायम गरिएको छ ।



    ओली समूहले मंगलबार नै निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटी विस्तार गरेको जानकारी दिएको थियो । प्रचण्ड–नेपाल समूहले बुधबार निर्वाचन आयोग पुगेर बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार