Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • कूटनीतिक मर्यादाबिपरित राजदूतको सक्रियता

    चिनियाँ राजदूत यान्छी फेरी बिबादमा, ओली-प्रचण्डको झगडाभित्र पसिन

    चिनियाँ राजदूत यान्छी फेरी बिबादमा, ओली-प्रचण्डको झगडाभित्र पसिन

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 6.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपालमा विकसित राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला चिनियाँ राजदूत होउ यान्छीले  सक्रियता वढाएकी छन्। यान्छीले मंगलबार  राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिन ।

    यान्छीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेटेकी छन्।



    स्रोतका अनुसार राजदूत यान्छीले बिहीबार बिहान ९ बजेपिछ भेट गरेकी र करिब आधा घन्टा छलफल भएको थियो ।



    राजनीतिक रूपमा विभाजित भइसकेको नेकपाका अध्यक्षलाई भेट्न राजदूत यान्छी बिहीबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन्।

    नेपालमा चलिरहेको राजनीतिक संकटको बीचमा उक्त भेटमा धेरै छलफल भएको छ।

    एक घण्टासम्म चलेको राष्ट्रपति विद्यादेवी भण्डारीसँगको बैठकलाई नेपालको आन्तरिक मामिलामा चीनको हस्तक्षेपको रूपमा पनि लिइन्छ।

    सामान्यतया कूटनीतिक अधिकारीहरू आफ्नो पदका कारण  देशको आन्तरिक राजनीतिबाट टाढा रहन्छन्। तर, चिनियाँ राजदूत होउ यान्छीले नेपालका नेताहरूसँगको भेटका कारण पहिले नै मुख्य समाचारहरू बनेका थिए।

    त्यसै पनि उनको बारेमा भनिन्छ ,’सत्तारुढ कम्युनिष्ट पार्टीका दुई ठूला नेता केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच  यान्छीले खेलेर हस्तक्षेप नगरेको भए अहिलेको राजनीतिक संकट नआउन पनि सक्थ्यो।’

    ओली र प्रचण्डबीचको गत केही महिनाको अवधिमा झन् -झन् बिबाद बाहिर  आयो।

    संसद बिघटनको बिबाद अब सर्बोच्च अदालतको संबैधानिक इजलासबाट निरुपण हुने छ। तर, कूटनीतिक मर्यादा बिपरित झगडियाहरुको पक्ष/बिपक्षमा वकालत गर्ने काम राजदूतहरुले गर्न नहुने एक कूटनीतिक बिश्लेशक वताउँछन् ।

    त्यसै पनि नेपालमा चीनको चलखेल विगत केही वर्षमा धेरै बढेको छ। सन् २००६ मा नेपालको राजनीतिक परिवर्तनमा भारतको भूमिकालाई देखेर चीनले नेपाललाई भारत नै रहेछ जस्तो भनेको थियो । तर, अहिले भारत मौन बसेको छ।

    त्यस बेला अमेरिका र युरोपका अन्य देशहरूले नेपालमा भारतको भूमिकाको ठूलो प्रशंसा गरेका थिए ।  चीनले  नेपालमा भारतको हस्तक्षेप चीनको लागि सुरक्षाका लागि खतरा हुन सक्ने वताएको थियो ।

    संयुक्त राज्य अमेरिकाको भारतको भूमिकाको मूल्यांकनले उसको सोचलाई पनि सुदृढ बनायो। यस कारणले चीनले नेपालमा आफ्नो पूँजी लगानी र प्रभाव बढाउने रणनीतिक निर्णय गर्यो।

    यसअघि नेकपाको बैठक अघि चिनियाँ राजदूत यान्छीले प्रचण्ड र माधव कुमारलाई भेटेर बिबादमा मुछिएकी थिइन ।

    भोलिपल्टको बैठकमा दुबै नेताले ओली सरकारलाई आक्रमण नगरी पार्टीलाई सुदृढ पार्ने कुरा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार