Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काेराेनाकाे सन्त्रास: श्रीलंकामा तीन दिनका लागि कर्फ्यु

    काेराेनाकाे सन्त्रास: श्रीलंकामा तीन दिनका लागि कर्फ्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 2.8K
    SHARES

    तस्बिर: गुगल

    एजेन्सी । चीनबाट सुरु भइ महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाइरसविरुद्द सतर्कता अपनाउँदै श्रीलंकाकाे सरकारले कर्फ्यु घोषणा गरेको छ । काेराेनाकाे संक्रमण राेक्न भन्दै श्रीलङ्काको प्रहरीले कर्फ्यु घोषणा गरेको हाे।

    कोरोना भाइरसका कारण श्रीलंकाले देशभरि तीनदिने कर्फ्यु लगाएको छ । शुक्रबार साँझबाट लागू हुने गरी लगाइएको कर्फ्यु सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । अत्यावश्यक सेवाका सवारीलाई मात्र चल्न दिइनेछ र त्यहाँका मस्जिद अनिश्चितकालका लागि बन्द गर्न निर्देशन दिइएको छ ।



    त्यहाँ आगामी महिना हुने संसदीय निर्वाचन पनि स्थगित गरिएको छ । श्रीलंकामा पछिल्लो केही दिनमा संक्रमितको संख्या लगातार बढिरहेपछि यस्तो कदम चालिएको हो । त्यहाँ अहिलेसम्म ६० भन्दा बढीमा कोरोनाको संक्रमण देखिइसकेको छ ।



    देशको पुत्तालम जिल्ला नेगोन्बो बन्दरगाहमा कर्फ्युको आदेश दिइएको अधिकारीले जनाएका छन् । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कफ्र्यू आदेश जारी गर्नुपरेको अधिकारीहरुले जनाएका छन् । कर्फ्यु लगाएको क्षेत्रमा इटलीबाट फर्केका व्यक्ति धेरै रहेका प्रहरीको भनाइ रहेको छ । चीनको वुहानबाट फैलिएको कोरोना विश्वका १६३ देशमा फैलिएको र भारतमासमेत तीन जनाको मृत्यु भइसकेको अवस्थामा श्रीलंकाकाे सरकारले यस्ताे निर्णय गरेकाे हाे। (एजेन्सी)

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार