बुटवल । बुटवलकाे कोरोना विशेष अस्पतालमा एक जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा स्याङ्जा, कालीगण्डकी गाउँपालिका ५ का ७२ वर्षीय पुरुषकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ।
मंसिर २६ गते कोरोना पोजिटिभ देखिएपछि पुस ४ गते अस्पताल भर्ना भएका उनको बुधबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
यस्तै बुधबार नेपालमा काेराेना संक्रमणबाट ५ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
Leave a Reply