Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • १६ अर्ब ठगीका नाइकेलाई जोगाउन प्रधानन्यायाधीशका भाई सक्रिय, करोडौको चलखेल

    १६ अर्ब ठगीका नाइकेलाई जोगाउन प्रधानन्यायाधीशका भाई सक्रिय, करोडौको चलखेल

    अनलाइन नेपाल
  • मंगलबार, ७ पुष २०७७
  • 5.1K
    SHARES

    काठमाडौं । उच्च महत्वाकांक्षा तर, व्यापारिक अनुभवको अभावका कारण रातारात अर्बपति बनेर सडकमा झरेका व्यवसायी सुधीर बस्नेतले चलखेल भने जारी नै राखेका छन् ।

    करिब १६ अर्ब ठगीको आरोप लागेका बस्नेत पछिल्लो समय अदालतबाट आफ्नो सम्पत्ति फर्काउने योजनामा छन् । त्यसका लागि उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका भाई प्रभु शमशेर राणालाई हात लिएका छन् ।



    प्रभुकै सहयोगमा उनले पछिल्लो समय आफ्नो पक्षमा अदालतबाट फैसला गराउन सफल भएका छन् । एनआईसी एसिया लगायत बैंकले लिलाम गरेको घरजग्गा फिर्ता गराउने पहलमा उनी लागेका छन् । सोही अनुसार गत ९ मंसिरमा सर्वोच्चले उनको लिलाम गरिएको सम्पत्ति फिर्ता गर्न अन्तरिम आदेश दिएको थियो । लिलामी प्रक्रिया पूरा नगरेको भन्दै अदालतले यस्तै आदेश दिएको छ ।



    बस्नेतको धापासीको सम्पत्ति लिलामीमा नगएपछि एनआईसी एसिया बैंकले आफैं सकारेको थियो । सो जग्गाको मूल्य धेरै बढेकाले अहिले बस्नेत फिर्ता ल्याउने चलखेलमा छन् । बैंकहरुले नै भोगचलन गर्दै आएको कतिपय सम्पत्ती फिर्ता गराउन उनी लागेका हुन् । प्रभु शमशेरकै पहलमा गत मंसिरमा बस्नेतको पक्षमा सर्वोच्चबाट आदेश आएको स्रोत बताउँछ ।

    यो आदेशले धेरै बैंक डुब्न सक्ने देखिएको छ । बस्नेतले विभिन्न १४ वटा बैंक तथा फाइनान्समा आफ्नो धितो राखेर कर्जा लिएका थिए । ऋण तिर्न नसकेपछि उनले बैंकमा धितो राखेको सम्पत्ति लिलामी भएको थियो ।

    ती सम्पत्ति फिर्ता गर्नुपर्ने र सर्वसाधरणलाई दिनुपर्ने भन्दै एक समूहले लबिङ गर्दै आएको छ । त्यतिबेलाको तुलनामा जग्गाको मूल्य हाल दोब्बर भएकाले त्यसरी लिलाम भएको सम्पत्ति फर्काउन चलखेल भएको हो ।

    राष्ट्रिय वाणिज्य बैंक, नवील, प्राइम, एनआईसी एसिया, सिजिटन, कुमारी, प्रभु, नेपाल बैंक, बैंक अफ काठमाडौं लगायतले उनलाई ऋण लगानी गरेका थिए । महालक्ष्मी विकास बैंक, वल्र्ड मर्चेन्ट फाइनान्स, सिटि एक्सप्रेस लगायत फाइनान्सले कर्जा प्रवाह गरेकोमा सर्वोच्च्चको चलखेलले बैंकहरु संकटमा पर्ने देखिएको छ ।

    प्रभु शमशेरले मुद्दा जिताइदिने भन्दै सिधैं डिल गर्दै आएको स्रोत बताउँछ । त्यसका लागि बानेश्वरको आइपेक्स भवनमा उनले कार्यालय नै खोलेका छन् । सो कम्प्लेक्स पनि उनले जालझेल गरेर हात पारेको स्रोत बताउँछ ।

    रञ्जन कोइरालाको कैद सजाय घटाउँदा पनि उनले नै डिल गरेका थिए । ठमेलको एक मुद्दा चलिरहेको घर समेत अदालतमा मुद्दा मिलाएर उनले खरिद गरेकोमा विवाद भइरहेको छ । यस्तो धेरैको सम्पत्तिमाथि प्रभुको आँखा गढेको छ । (दृष्‍टि साप्ताहिकबाट )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार