चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि त्यसको खुशीयालीमा पूर्वी चितवनको भण्डारामा नेपाल कम्युनिस्ट पार्टीका युवा र विद्यार्थीहरुको एक समूहले दिप प्रज्वलन गरेका छन्।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला समेत रहेको चितवनमा प्रचण्ड- नेपाल समूहका कार्यकर्ताले विरोध गर्दै कोण सभा र नाराबाजी गरिरहदाँ ओली निकटका युवा र विद्यार्थीहरुको एक समूहले दिप प्रज्वलन गर्दै प्रम ओलीको उक्त कदमको स्वागत गरेका छन् ।
उनीहरुले सामुहिक रुपमा दिप प्रज्वलन गर्दै ‘ नेपाल कम्युनिस्ट पार्टी हाम्रै हो, सूर्य चिह्न हाम्रै हो ।’ सही पनि एमाले, मै पनि एमाले जस्ता नारा पनि लगाएका थिए ।
सो अवसरमा युवा नेता केदार आचार्यले गलत मान्छेको हातमा देश सुम्पिँदा देशै डुब्ने भएकाले देश जोगाउन प्रधानमन्त्रीले चालेको कदम उचित भएको दावी गरे ।
यसअघि प्रचण्ड- नेपाल पक्षले चितवनको रत्ननगरमा कोण सभा गरेको थियो भने ओली समूहले खैरहनीको चौबिसकोठिमा दिप प्रज्वलन, भरतपुरको चौविसकोठीमा विरोध र्याली समेत भएको थियो । कार्यक्रममा युवा नेता सुरज थपलिया लगायतको सहभागीता थियो ।
Leave a Reply