काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले केपी शर्मा ओली नेतृत्वकाे सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकाे छ ।
सोमबार बसेको आकस्मिक बैठकले ओली सरकारले गरेको संसदको विघटन असंवैधानिक र अप्रजातान्त्रिक समेत भएकोले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे हाे ।
महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘ओली सरकारले गरेको संसदको विघटन असंवैधानिक र अप्रजातान्त्रिक समेत भएको हुनाले हामीले विघटित संसदको पुनर्स्थापनाको लागि माग गर्ने र त्यसका लागि संघर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिएकाे छ।’
नेकपाको सरकारलाई दिएको समर्थन नीतिमाथि आधारित रहेको भन्दै मसालले अहिले ओली सरकारले लिएको असंवैधानिक र अप्रजातान्त्रिक कदमपछि समर्थन फिर्ता लिने निर्णय गरेको जनाएको छ।
संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्था भएकोले यसबाट देश र जनताको हितमा काम हुन नसक्ने पनि मसालले स्पष्ट पारेको छ। तर, गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता जस्ता प्राप्त सीमित अधिकारसमेत गुम्न नदिन वर्तमान संसदीय व्यवस्थाको रक्षा गर्नुपर्नेमा मसालको जोड छ।
Leave a Reply