काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको चीरहरण गरेको निष्कर्ष निकालेको छ ।
आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद् विघटन गरेको भन्दै घाेर भर्त्सना गरेको हो ।
बैठक पछि पत्रकारहरुसँग संक्षीप्त कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले देशको संविधानको चीरहरण गर्दै अहिले संसद विघटन गर्नुभयो यो कुनैपनि हालतमा वैधानिक छैन ।
नेपालको संविधानलाई चीरहरण गरिएको छ । आलोकतान्त्रिक कदम प्रधानमन्त्रीले चाल्नुभएको छ र यसको नेपाली कांग्रेसले घोर भत्सर्ना गर्दछ । यो अत्यन्त निन्दनीय काम भयो हामी यसको समाना गछौं ।’
कांग्रेसले जारी गरेकाे विज्ञप्ती यस्ताे छ
Leave a Reply