काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं उपत्यकामा १७ पुसमा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको छ । राप्रपाले हिन्दू राष्ट्र तथा राजसंस्थासहितको लोकतन्त्र र स्थानीय स्वायत्त शासन प्रणालीका लागि भन्दै प्रदर्शन गर्ने जनाएको छ ।
शनिबार उपत्यकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र र राजसंस्थाका पक्षमा भइरहेका सबैखाले आन्दोलनको नेतृत्व राप्रपाले गर्ने वताएका हुन।
राप्रपाले त्यसका लागि वरिष्ठ नेता बुद्धिमान तामाङकाे संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको जनाएको छ । राप्रपा अध्यक्ष थापाले देशभर हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा माहोल बनेको भन्दै देशव्यापी आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
थापाले आन्दोलनका लागि पार्टीले सबै शक्ति प्रयोग गर्ने समेत बताए ।
अध्यक्ष थापाले भेलामा भने, ‘भ्रष्ट र असक्षमहरूले राज्य सञ्चालन गर्ने, तर ४०औँ वर्ष अनुभव भएका हामी इमान्दार किनारा लाग्नुपर्ने अवस्थामा अब हामी चुप रहन सक्दैनौँ। आन्दोलनको आँधीबेहरीमार्फत राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनापश्चात् मात्र देश संकटमुक्त भएर विकासतर्फ अग्रसर हुनेछ ।’
अर्का अध्यक्ष पशुपतिशमशेर जबराले राप्रपाले अंगीकार गरेको नीति र सिद्धान्तप्रति जनचासो द्रुत गतिमा बढिरहेको बताए । उनले भने, ‘आन्दोलनको आँधीबेहरीमार्फत
भेलाले देशमा भ्रष्टाचार तथा सर्वसत्तावाद बढ्दै गएको अवस्थामा त्यसलाई परास्त गर्न आन्दोलनको विकल्प नभएको निष्कर्ष निकालेको छ ।
Leave a Reply