Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • स्वास्थ्य सामाग्री खरिदमा ब्यापक अनियमितता भएकाे ठहर

    स्वास्थ्य सामाग्री खरिदमा ब्यापक अनियमितता भएकाे ठहर

    अनलाइन नेपाल
  • शुक्रबार, ३ पुष २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिदमा ब्यापक अनियमितता भएकाे ठहर गरेकाे छ। समितिका सचिव डा. रोजनाथ पाण्डेले स्वास्थ्य सामाग्री खरिद नियमसंगत नभएको बताए।

    यसबारे छानविन गरेर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखि पठाउने निर्णय गरिएकाे उनले बताए ।



    समितिले शुक्रबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग छलफल गरेको थियो । छलफल गरेपछि लेखा समितिले यस्तो निर्णय गरेको हो ।



    स्वास्थ्य सेवा विभागले बिना प्रतिस्पर्धा कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि स्वास्थ्य सामग्री खरिद गर्न ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग सम्झौता गरेको थियो।

    स्वास्थ्य सेवा विभागमार्फत ओम्नीसँग विना प्रतिस्पर्धा सामाग्री खरिद गर्न लागिएको भन्दै सबैतिर आलोचना भएको थियो। आलोचनापछि मन्त्रालयले खरिद प्रक्रिया रद्ध गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार