Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • फ्रान्सका राष्ट्रपति माक्रोनलाई कोरोना संक्रमण

    फ्रान्सका राष्ट्रपति माक्रोनलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, २ पुष २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोनलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रपति कार्यालयले एक वक्तव्य जारी गर्दै राष्ट्रपति माक्रोनलाई कोरोना संक्रमण भएकाे जानकारी दिएकाे हाे ।

    उनलाई आरटी पीसीआर परीक्षण गरेपछि सो कुराको पुष्टि भएको हो । तर उनलाई के कस्ता लक्षण देखिएको छ र त्यो कहिलेदेखि लक्षण देखिएको थियो भन्नेबारे कुनै कुरा खुलाइएको छैन ।



    राष्ट्रपतिले आगामी सात दिनसम्म आइसेलेसनमा रहेर काम गर्ने जनाइएको छ । फ्रान्सले कारोनाभाइरसविरुद्ध लगाइरहेको लकडाउन क्रिसमसको पूर्वसन्ध्यामा हटाउने तयारी गरिरहेको बेलामा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार