कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ८३ जनामा कोरोना संक्रमण पुस्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काेराेना पुस्टी हुनेमा कैलाली का ३१, कंचनपुरका ११, अछामका ६, बैतडीका १,बझाङ्गका १५, बाजुराका १४, डडेल्धुराका ४, दार्चुलाका १ र डोटीका १ रहेका छन् ।
सेतीप्रादेशिक अस्पताल प्रयोगशालाबाट गरिएको परिक्षणमा ५७, डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट ४, बझाङ्ग १५, बैतडी १ र कमलबजार प्रयोगशालाबाट गरिएको परिक्षणबाट ६ गरी ८३ जनामा संक्रमण पुस्टि भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए ।
हाल सम्म १ लाख २६हजार १३० स्वाबको नमुना जाच गरिएकोमा १२ हजार ६८७ कोरोना संक्रमण फेला परेको उनले बताए ।
Leave a Reply