Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराउने सार्वजनिक

    पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराउने सार्वजनिक

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 3.1K
    SHARES

    काठमाडौं । पूर्वमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट गराएको आरोपमा पक्राउ गरेकाे तीनै जनालाई प्रहरीले सार्वजनिक गरेकाे छ। पक्राउ पर्नेमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी, अमृत कुमाल क्षेत्री र कालिकोटका टेक वि.क (अभिषेक) रहेका छन्।

    महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले उनीहरुलाई प्रहरीले राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेको बताए। उनका अनुसार पक्राउ परेका क्षेत्री मध्य कमाण्ड ब्यूराे हुन् भने सेठी अभिषेक साधारण सदस्य हुन्। त्यस्तै उनीहरूकाे साथबाट प्रहरीले एक थाना माेटरसाइकल समेत बरामद गरेकाे छ।



    गत फागुन २८ गते पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट भएको थियो । सोही दिन विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले देवी बहादुर गुरुङलाई पक्राउ गरेको थियो । उनी विप्लव समूहको भक्तपुर जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ ।



    पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा प्रेसर कुकर बम बिस्फोट भएको थियो । विप्लव नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटलामा संलग्न भएको सहित १० कारणले घरमा बम हान्नु परेको जनाएको छ ।

    पूर्वमन्त्री बाँस्कोटाको घरको भुइँ तलामा बम बिस्फोट भएको थियो भने बम बिस्फोटबाट एउटा मारुती कार पूर्ण क्षतिग्रस्त भएको थियो। मन्त्री बाँस्कोटा निवाससँगै रहेका अन्य घरमा समेत सामान्य क्षति भएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार