Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सरकारलाई अनिर्णयको बन्दी बनाउने षड्यन्त्र भएपछि अध्यादेश ल्याउनु परेको हाे : मन्त्री गुरुङ

    सरकारलाई अनिर्णयको बन्दी बनाउने षड्यन्त्र भएपछि अध्यादेश ल्याउनु परेको हाे : मन्त्री गुरुङ

    अनलाइन नेपाल
  • बुधबार, १ पुष २०७७
  • 2.5K
    SHARES

    काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारलाई अनिर्णयको बन्दी बनाई असफल बनाउने षड्यन्त्र भएपछि अध्यादेश ल्याउनु परेको बताएका छन् ।

    बुधबार पत्रकार महासंघमा आयोजित कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले संवैधानिक परिषद्को बैठक बस्ने सम्बन्धमा सत्तारुढ दल भित्रैबाट अवरोध भएपछि विधेयक ल्याइएको बताए ।



    लामो समयदेखि संवैधानिक परिषद्को बैठक कोरम नपुग्दा बस्न नसकेकोले अध्यादेश जारी गरेर भएपनि निकाश दिन खोजिएको बताए।  मन्त्री गुरुङले संसदलाई छलेर अध्यादेश नल्याएको पनि बताए ।



    संसदको मर्यादा र संविधानको संरक्षण गर्दै राजनीतिक घेरा तोडेर निकास दिनका लागि अध्यादेश जारी गरेको पनि स्पष्ट पारे । मुलुकलाई अनिर्णयको बन्दी बनाउने र सरकारलाई निरंकुश भयो भन्ने गरिएकोले पनि समस्या उत्पन्न भएको मन्त्री गुरुङले बताए ।

    सरकारले पटकपटक संवैधानिक नियुक्तीका लागि परिषद्को बैठक राख्न प्रयास गर्दा समेत नसकेपछि निकास दिन अध्यादेश जारी गर्नुपरेको पनि उनको भनाइ छ । निर्णयको २४ घण्टापछि प्रधानमन्त्री ओलीले सो अध्यादेश फिर्ता लिने सहमति जनाइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार