Online Nepal
  • बुधबार, २ माघ २०८१
  • स्थायी कमिटी अनिश्चित भएपछि ओली-प्रचण्डबीच फेरि छलफल

    स्थायी कमिटी अनिश्चित भएपछि ओली-प्रचण्डबीच फेरि छलफल

    अनलाइन नेपाल
  • बुधबार, १ पुष २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरी छलफलमा जुटेका छन् ।

    स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच भएकाे छलफल कुनै निष्कर्षमा नपुगेपछि अहिले नेकपा महासचिव विष्णु पौडेललाई साक्षी राखेर दुई अध्यक्ष छलफलमा जुटेका छन् । स्थायी कमिटीको बैठक अझै सुरू हुन सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्ष फेरि छलफल जुटेका हुन् ।



    यसअघि भएको छलफलमा अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई १९ बुँदे प्रतिवेदनमा छलफल हुन नसक्ने बताएका थिए । बालुवाटारमै बसेकाे स्थायी कमिटीकाे बैठकमा पनि ओली सहभागी भएका थिएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार